२२ फाल्गुन २०७८,काठमाडौं– नेपालमा आज पहिलाे पटक काेराेा संक्रमितकाे संख्या हिजाे देखि दाेहाेराे अंकमा झरेकाे छ । गत २४ घण्टामा ६८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय २९ जनामा गरिएको नमूना परीक्षणमा ६८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका काराण २ जनाकाे ज्यान गएकाे छ । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४७ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ६१ जनामा झरेकाे छ ।

