प्रदेश स्तरीय प्रथम अध्यक्ष फुटवल कप शुरुः टेम्के धरानको विजय शुरुवात (फाेटाे फिचर सहित)

२५ फाल्गुण २०७८/डिकेश लामा
झापाको कमल गाउँपालिकामा आज देखि प्रदेश स्तरीय प्रथम अध्यक्ष कप शुरु भएको छ । आजको उद्घाटन खेलमा टेम्के फुटवल क्लव धरानले आयोजक टीमलाई शून्यको विरुद्ध १ गोल गर्दै विजयी बनेको छ । खेल शुरु भएको २६ मिनेटमा टेम्केको तर्फबाट जर्सी नम्बर १४ का खेलाडी जनक कोइरालाले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा झापा, मोरङ्ग, सुनसरी, इलाम, धनकुटा र झापाका ८ वटा टीमको सहभागिता रहेको छ । खेलमा विजयी टिमले २ लाख र उपविजेता टिमले १ लाख नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने खेल संयोजक तेजकुमार राईले बताउनु भयो । खेल उद्घाटन कार्याक्रमका प्रमुख अतिथि राष्ट्रियसभा सांसद देवेन्द्र दाहालले यस्ता प्रतियोगिताले ग्रामिणको खेल विकासमा सहयोग पुग्ने बताउनु भयो ।

यस्तै खेलको औपचारिक कार्याक्रममा उपाध्यक्ष वेनु प्रसाद शिवाकोटी र अध्यक्ष मेनुका काफ्लेले खेल विकासको क्षेत्रमा गाउँपालिकाले गरेको प्रयास उपलव्धी राम्रो भएको बताएका छन् । अध्यक्ष काफ्लेले महिला भलिवल कपमा प्रदेश स्तरमा कमलका महिलाले विजय प्राप्त गरेकाले उनीहरुलाई गाउँपालिका उच्च सम्मान समेत गरेको बताउनु भयो ।


भोलि धनकुट्टा फुटवल क्लव धनकुटा र शसस्त्र प्रहरी पकली सुनसरीबीच खेल हुने आयोजक समितिले जानकारी दिएको छ । खेल आगामी चैत्र २ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पाचौं संस्करण झापा गोल्ड कपः त्रिभूवन आर्मी सेमी फाइनलमा प्रवेश
Next post नेपालमा आज २२४ संक्रमित, २५१ निकाे