२५ फाल्गुन २०७८,काठमाडौं–नेपालमा गत २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ जनामा गरिएको नमूना परीक्षणमा २ सय २४ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा २ सय ५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका काराण कसैले पनि ज्यान गुमाउनु परेकाे छैन । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४९ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ९२ जनामा झरेकाे छ ।

