नेपालमा आज २२४ संक्रमित, २५१ निकाे

२५ फाल्गुन २०७८,काठमाडौं–नेपालमा  गत २४ घण्टामा २ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ जनामा गरिएको नमूना परीक्षणमा २ सय २४ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  २ सय  ५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका काराण कसैले पनि ज्यान गुमाउनु परेकाे छैन ।  हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४९ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ९२ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेश स्तरीय प्रथम अध्यक्ष फुटवल कप शुरुः टेम्के धरानको विजय शुरुवात (फाेटाे फिचर सहित)
Next post दुःखद खबरः संखुवासभाबाट झापा जाँदै गरेकाे बस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु