२६ फाल्गुण २०७८,संखुवासभा – संखुवासभाको मादीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्यज सुवेदीका अनुसार मृत्यु हुनेकाे संख्या १४ जना पुगेकाे बताउनु भयाे । मृतकहरुको पहिचान भइसकेको छैन् । संखुवासभाबाट झापाकाे दमक तर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको थियो ।  आज बिहान करिब ७ः३० बजेको समयमा संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने यकीन नभएकाे प्रहरीले जनाएकाे छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *