पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिए

८ पाैष २०७७, काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमा महिला २ सय ७९ जना र पुरुष ४ सय ६४ जना छन् ।

६ हजार ५ सय ५९ जनामा पीसीआर परीक्षण गर्दा ७ सय ४३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ जना पुगेको छ । अहिलेसम्म संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ जना पुगेको छ । त्यस्तै हालसम्म २ लाख ४६ हजार ६ सय ६१ जना संक्रमणमुक्त भएका छन् । निको भएको दरलाई हेर्ने हो भने ९६ दशमलव ३ प्रतिशत रहेको छ । हाल आईसीयुमा २ सय ४८ जना र भेन्टिलेटरमा ५० जना उपचाररत छन् । क्वारेन्टिन अहिले ४ सय ९ जना छन् ।

संयुक्त राज्य अधिराज्यमा हालै नयाँ प्रकारको कोरोना भाईरसको प्रजाती देखा परेपछि नेपाल सरकारले पनि सो भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागी कार्य गर्दै आएको छ । पुष १ गते देखि ७ गते भित्र सो मुलुकबाट वा सो मुलुकको बाटो हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा १० दिन होटेल क्वारेन्टिनमा बस्न नेपाल सरकारले अनुरोध गरेको छ ।

त्यसैगरी नेपाल प्रवेश गरेको मितिले ७ देखि १० दिनभित्र आर टीपीटीआर परीक्षण गर्न समेत अनुरोध गरेको छ । साथै यसरी आएका व्यक्तिहरुको परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाउन सबै सरकारी प्रयोगशालाहरुलाई स्वास्थ्य मन्त्रालयले निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संसद विघटनकाे मुद्दा संवैधानिक इजलासमा हेरिने
Next post प्रचण्ड–माधव नेपाल समूह नेकपाले आन्दाेलन गर्ने घाेषणा