९ पाैष २०७७, काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटन विरुद्ध प्रदर्शन गर्ने भएको छ ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको बैठकले शुक्रबार बिहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो।

बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ।

यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ। यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ।

यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना गर्ने केन्द्रिय समितिकाे वैठक पछि पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठले पत्रकारसँग कुरा गर्दै बताउनु भयाे । अाेली समूहले प्रदेशसभा विगठन गर्ने कसरतमा लागे साेही बमाेजिम प्रतिराेध समेत गर्ने बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *