वेरोजगारका लागि उदाहरणःफरक क्षमताकाहरु रोजगारमुखी बन्दै (फाेटाे फिचर सहित)

७ चैत्र २०७८/डिकेश लामा

शारीरिकरुपमा फरक क्षमता भएकाहरु पछिल्लो समय स्वरोजगारीमुखी बन्न थालेका छन् । सरकारले सहयोग गर्न थाले पछि शारीरिकरुपमा फरक क्षमता भएकाहरु समेत शिपमुलक कार्यमा लाग्न थालेका हुन् । झापा जिल्लाका शारीरिकरुपमा फरक क्षमता भएकाहरु पछिल्लो समय आफै उद्यमी बन्ने प्रयासमा जुट्न थालेका छन् । चेतनाका स्तर अभिबृद्धि हुँदै जान थाले पछि सवल जनशक्ति जतिकै आफूहरु पनि काम गर्न सक्ने भन्दै उनीहरु घरेलु उद्योग तिर लाग्न थालेको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित प्रमुख जयनारायण अधिकारीले बताउनु भयो । दमक नगरपालिकाले मात्र याे अार्थिक बर्षमा ३ लाख रूपयाँ सहयाेगमा नेत्रहीन संघ दमकका सदस्यलाइ चप्पल उधाेग स्थापनामा सहयाेग गरेकाे दमक नगरपालिकाका प्रमुख राेमनाथ अाेलीले बताउनु भयाे । अाेलीका अनुसार शारीरिकरूपमा असक्तहरूले गरेकाे काम पनि शसक्त भन्दा कम नभएकाे बताउनु भयाे ।

जिल्लामा १ सय १० जना झापा नेत्रहीन संघका सदस्य रहेका छन् । हरेकलाई दक्ष र स्वरोजगारमुखी बनाउन स्थानीय तथा प्रदेश सरकारको सहयोगमा विभिन्न खाले तालिम प्रदान गर्दै आएको झापा जिल्ला संघकी अध्यक्ष यसोदा बरालले बताउनु भयो । बरालका अनुसार हारपिक, साबनु, सिंकेधुप लगायतका सामाग्रीहरू नेत्रहीन संघकाे कार्यलयमा नै संचालन गरिएकाे छ । तर बजारिकरणमा भने अपाङले बनाएका भनी विभेद हुने गरेकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार राज्यले अाफूहरूलाइ फरक क्षमता नभनी सपाङ्ग सरह व्यवहार गर्नु पर्ने बताउनु भयाे ।

शारीरिकरुपमा फरक क्षमता भएकाहरुले समेत पछिल्लो घरेलु उद्योगहरु निर्माण गर्न थालेका छन् । काम गर्दा नेत्रविहीनहरुले समेत उद्योगहरु संचालन गर्न सक्ने दमकमा चप्पल उद्योग संचालन गर्दै आउनु भएका रोशन थापाले बताउनु भयो । समाजमा शारीरिकरुपमा केही अशक्तहरुले काम गर्न सक्दैनन् भन्ने अवधारणा व्याप्त छ । तर पछिल्लो समय आफैले उद्योग संचालन गर्न थाले पछि फरक क्षमता भएकाहरुले गरेको काम अन्य वेरोजगारीका लागि पनि उदाहारण बनेको सामाजिक अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४५ संक्रमित, १४७ निकाे
Next post नेपालमा आज ४४ संक्रमित, ४८१ निकाेः १ जनाकाे मृत्यु