८ चैत्र २०७८,काठमाडौं–नेपालमा तेस्राे भेरियन्ट यता अाज सवै भन्दा थाेरै संक्रमित देखा परेका छन् । गत २४ घण्टामा ४४ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ९४ जनामा गरिएको नमूना परीक्षणमा ४४ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १ जनाकाे ज्यान गएकाे छ । विगत ५ दिन यता अाज अाएर एक जनाकाे मृत्यु भएकाे हाे । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५१ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ८८ जनामा झरेकाे छ । याे संख्या पछिल्लाे केही समय यता दिनहूँ घट्नेक्रममा रहेकाे छ ।

