नेपालमा मंगलबार २ जनाकाे मात्र मृत्युः निकाे हुनेकाे संख्या बढ्दाे

६ अशाेज २०७७ काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बितेकाे २४ घण्टामा २ जनाकाे मात्र ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १११५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा आजसम्म ६६,६३२ जना कोभिड संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२.१३ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४८०६१ रहेको छ । विश्वकाे काेराेना निकाे हुनेहरूकाे संख्या ७३ प्रतिशत हाराहारीमा रहेका छन् ।

यता झापामा अाज २० जनामा काेराेना संक्रमण भएकाे छ । स्वास्थ्य कार्यालय झापाले दिएकाे जानकारी अनुसार दमकमा १५, मेचीनगर ३, भद्रपुर १ र कमलमा १ गरी २० जनामा भाइरस पाेजिटिभ देखा परेकाे जनाइएकाे छ ।

यसैबीच लकडाउन खुलेसँगै बजार क्षेत्रमा मानिसहरूकाे चहल पहल बढेकाे छ । बजार तथा ग्रामिण क्षेत्रमा बाक्लाे भेलाबीच पनि मानिसहरूले माक्सकाे प्रयाेग भने गरेकाे पाइदैन।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा कोरोना लाग्ने भन्दा निको हुने धेरै
Next post खुशीकाे खबर ः वितेकाे २४ घण्टामा संक्रमित भन्दा निकाे हुने धेरै