संक्रमित भन्दा निकाे हुने धेरै 
पछिल्लो चौबीस घण्टामा नेपालमा १ हजार ३ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यता १ हजार ४ सय ५५ जना निकाे भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । याे सँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।
मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । यसैबीच अाज ६ जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।
