नेपालमा आज २२ संक्रमित, ७५ निको

१८  चैत्र २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २२  जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८  सय ३५  जनामा गरिएको नमूना परीक्षणमा २२  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ७५  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २२ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पुलिससँग बदला लिने दाऊमा मनाङ (फोटो फिचर सहित)
Next post दमक गोल्डकप २०७८ मनाङको पोल्टामा (फोटो फिचर/भिडियो सहित)