दमक गोल्डकप २०७८ मनाङको पोल्टामा (फोटो फिचर/भिडियो सहित)

आखिर मनाङले लिएरै छाड्यो पुलिसलाई बदला

१८ चैत्र २०७८/डिकेश लामा

गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो । अघिल्लो पटक पुलिसले फाइनलमा हराउँन सफल भएकोमा यस पटक मनाङले नतिजा उल्टाएको छ । फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गर्न सफल भए ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे । ६७ औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे । जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भएका छन् । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

दमक नगरपालिकाको नगरखेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भएका छन् । उनीहरुले जनही नगद २१ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् ।

प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बु भएका छन् । उनलाई माउन्टेनबाइक पुरस्कार प्रदान गरिएको दमक खेलकुुद विकास समितिका अध्यक्ष भिम चम्लागाँईले बताउनु भयो ।

photo by Parbat Tamang

आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् । समापन खेलका प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्व सभामुख सुबास नेम्बाङ्गले एमाले अध्यक्ष पूर्व प्रधानमनत्री केपी ओलीले थालनी गर्नु भएको प्रस्तावित मदन भण्डारी रंगशालालाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाइने बताउनु भयो ।

Photo by Parbat Tamang
Photo by Parbat Tamang

नेम्बाङले खेलाडीहरुलाई शुभकामना समेत दिँदै नेपालको पहिचानलाई उच्च राख्न खेडालीको भूमिका सम्मान योग्य रहेको समेत बताउनु भयो । कार्याक्रम दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली तथा उपप्रमुख गीता अधिकारीले सहित खेलकुद क्ष्ोत्रका नेतृत्वहरुले खेलाडीलाई मेडल, सम्मान पत्र तथा पुरस्कार वितरण गर्नु भएको छ ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२ संक्रमित, ७५ निको
Next post दमकमा डुवेर किशोरको मृत्युः स्थानीय सरकारको लापार्वाही भएको गुनासो