गौरादह गछियामारीका किसानलाई कृषि औजार वितरण (फाेटाे फिचर सहित)

२१ चैत्र २०७८/झापा
गौरादहका चैतेधान खेती गर्ने किसानलाई आज कृषि औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत गौरादह नगरपालिकाले साना सिंचाईका लागि मोटर, ठेलुवा गाडी, डिजिटल काँटा लगायतका सामाग्री विगरण गरेको छ ।
किसानको १० लाख ३२ हजार सहित २२ लाख ३२ हजार लागतमा चैतै धान खेती गर्ने १ सय ४० किसानलाई लक्षित गरी नगरपालिकाका प्रमुख रोहित कुमार शाहको हातबाट वितरण गरिएको छ । औजार वितरण गर्दै प्रमुख शाहले नगरपालिकाले कृषि क्षेत्रको विकासमा साना सिंचाई देखि १० लाख रुपयाँ अनुदानमा अन्न सुकाउने ड्रायरसम्मका लागि बजेट तथा कार्याक्रम तय गरेको बताउनु भयो ।


यस्तै कार्याक्रममा गौरादह आईपीएम संस्थाका अध्यक्ष युवराज पौडेलले सरकारले सहयोग गर्न थाले पछि सो क्षेत्रमा कृषिमा अर्गानिकउन्मुख खेती गर्ने किसानहरु बढ्न थालेको बताउनु भयो ।
गच्छेमारी कृषक समुहको अगुवाइमा वितरण गरिएको औजार तथा सिंचाइ उपकरणले सो क्षेत्रमा चैते धान खेती गर्ने किसानको संख्या समेत बढेको समूहका अध्यक्ष गोपीकृष्ण बाँस्तोलाले बताउनु भयो । हाल कृषक समूहले ३० विगाह क्षेत्रमा चैतेधानको खेती गरिसकेको बताएको छ । कार्याक्रम कृषि औजार पाएका किसानले खेतीमा सरकारले दिएको अनुदानले धेरै टेवा पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निर्वाचनका लागि माओवादी केन्द्रबाट यूवा परिचालन
Next post झापाको गौरादहमा जग्गा धनीपूर्जा वितरण (फाेटाे फिचर सहित)