झापाको गौरादहमा जग्गा धनीपूर्जा वितरण (फाेटाे फिचर सहित)

२२ चैत्र २०७८/डिकेश लामा
झापाको गौरादह नगरपालिका वडा नं. ४ मा आज एक कार्याक्रमबीच धनीपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग झापा जिल्लाले जिल्लामा पहिलो पटक ५० घर परिवारलाई धनी पूर्जा वितरण गरेको हाे । यस अघि २ पटकसम्म धनीपूर्जा पाएर पनि नक्शा उपलव्ध हुन नसक्दा समस्यामा रहेका गौरादह नगरपालिका वडा नं. ४ र ५ गरी ८ हजार धेरै घर परिवारहरुलाई लक्षित गरी धनीपूर्जा वितरण शुरु गरिएको राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले बताउनु भयो ।
खड्काले यस पटक वितरण गरेको धनीपूर्जा नापी र मालपोत सहितको टोलीले क्षेत्रगत लागत संकलन गरेर तयार गरेकाले अव जग्गा भएर पनि सुकुम्बासी जस्तै बसोवासी हुनेलाई यो एतिहासिक खुशीको दिन भएको दावी गर्नु भयो । उहाँले केही विपक्षी दलका नेताहरुले नक्कली धनीपूर्जा वितरण गर्न लागेको भन्दै जनतासम्म भ्रामक हल्ला फिँजाएकाले आफूले धनीपूर्जामा सही गर्ने मालपोत तथा नापी कार्यालयका प्रमुखहरुलाई समेत कार्याक्रममा सहभागिता गराएको बताउनु भयो । उहाँले यस अघि वितरण गरिएको धनीपूर्जा बतासे भएकाले जग्गा धनीपूर्जा भएर पनि कुनै कारोवार गर्न नसकिएको बताउनु भयो । अव देशभरका सुकुम्बासी तथा भूमी सम्बन्धी समस्यामा रहेकाहरुलाई क्रमश निरन्तर पूर्जा वितरण गर्दै लाने बताउनु भयो ।

केही विपक्षी दलका नेताहरुले नक्कली धनीपूर्जा वितरण गर्न लागेको भन्दै जनतासम्म भ्रामक हल्ला फिँजाएकाले आफूले धनीपूर्जामा सही गर्ने मालपोत तथा नापी कार्यालयका प्रमुखहरुलाई समेत कार्याक्रममा सहभागिता गराएको बताउनु भयो । उहाँले यस अघि वितरण गरिएको धनीपूर्जा बतासे भएकाले जग्गा धनीपूर्जा भएर पनि कुनै कारोवार गर्न नसकिएको बताउनु भयो । अव देशभरका सुकुम्बासी तथा भूमी सम्बन्धी समस्यामा रहेकाहरुलाई क्रमश निरन्तर पूर्जा वितरण गर्दै लाने बताउनु भयो ।

वि.सं.२०३४ साल देखि बसोवास गर्दै आएका गौरादह नगरपालिका महारानीझोडाका बासिन्दाले अव जग्गा राखेर वैंकको कारोवार गर्नबाट बन्चित हुनु पर्ने समस्याबाट मुक्त हुने दिन आएको भन्दै यो धनीपूर्जा वितरणमा राजनैतिक विषय नबनाई सवैले सहयोग गर्न गौरादहका प्रमुख रोहितकुमार शाहले बताउनु भयो । यस्तै कार्याक्रममा वडा नं. ४ र ५ का अध्यक्ष मणिन्द्र कार्की र छत्रपति सुवेदीले जनताको आँखामा छारो हाल्ने तवरले काम नगरी भूमी सम्बन्धीको समस्यामा सवैले मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन् ।

यस्तै कार्यक्रममा पहिलाे पटक धनीपूर्जा लिने मेघराज पाैडेलले धनीपूर्जा पाएर पनि अाफूलाइ धेरै खुशी भने नलागेकाे बताउनु भयाे । उहाँले नक्शा उपलव्ध गराएकाे दिन मात्र खुशी लाग्ने बताउनु भयाे ।
भूमि आयोग, नापी तथा मालपोत कार्यालयका प्रमुख तथा जिम्मेवार राजनैतिक दलका प्रतिनिधिले संघीयता पछिको जिल्लामा पहिलो पटक धनीपूर्जा वितरणलाई निरन्तरता दिएर भूमी सम्बन्धीको समस्या चाँडो अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् ।
धनीपूर्जा पाउनेहरुले चाँडै नक्शा समेत उपलव्ध गराएर ४४ बर्ष देखि नक्शा नहुँदा खेप्नु परेको समस्या हटाउँन माग समेत गरेका छन् ।  महारानीझाेडा क्षेत्रमा विगत २१ साल देखि बसाेवास भए पनि २ पटकसम्म धनीपूर्जा उपलव्ध गराए पनि नक्शा नहुँदा वैंकिङ काराेवार नभएकाले समस्या भाेग्नु परेकाे स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादह गछियामारीका किसानलाई कृषि औजार वितरण (फाेटाे फिचर सहित)
Next post नेपालमा आज २४ संक्रमित, ५१ निको