नेपालमा आज १२ संक्रमित, ८९ निको

२५  चैत्र २०७८,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १२ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ४९ जनामा गरिएको नमूना परीक्षणमा १२  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ८९  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ सय ६९ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोरोना कहर कम हुँदै जान थाले पछि नाका क्षेत्रका बजारमा बढ्न थाल्यो कारोवार (फाेटाे फिचर सहित)
Next post अस्पतालको नाममा दमक रेडक्रसले सरकारी पैसा दुरुपयोग गरेको दाबी