ठूलो परिमाणमा अवैध विविध सामान सहित मानिस पक्राऊ (फाेटाे फिचर सहित)

३० चैत्र २०७८/सारासन्देश समाचार
झापा जिल्लाका प्रहरीले आज विभिन्न स्थानमा ठूलो परिमाणका अवैधरुपमा भारतबाट भित्र्याउँदै गरेको सामान सहित चालक तथा सवारी साधान नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २० लाख मुल्यको विस्कुट, कन्टेनर सहित चालक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भएका २२ बर्षीय सिशराम गोर्सी रहेको प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताउनु भयो ।


यस्तै आजै भद्रपुर ४ सडक खण्डमा भारतीय डव्लु बी ७४ पी १४५५ नम्बरको कार र को १ ज २४४० नम्बरको पिकअप गाडीमा गोप्य सूचनाको आधारमा खानतलासी गर्दा कपडा, मोटर पार्टस, यातायत साधान सहित ४० लाख मुल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
यस्तै हिजो मात्रै बुद्धशान्तिबाट काँकडभिट्टा ल्याउँदै गरेको भ्याट बील विनाको २ सय केजी झण्डै ५ लाख ७० हजार मुल्यको सुपारी नियन्त्रणमा लिइएको छ । सुपारीसँगै चालक ४८ बर्षीय दानबहादुर पोख्रेल र गाडी समेत राजश्व कार्यालय सुनसरी बुझाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १९ संक्रमित, ४९ निको
Next post नेपालमा आज ४ संक्रमित, ४४ निको