नेपालमा आज १० संक्रमित, २६ निको

६ वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १० जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार  ४ सय ३ जनामा गरिएको नमूना परीक्षणमा १०  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २६  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ३४ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निर्वाचनमा अनाआवश्यक प्रचार प्रसारमा रोक (फाेटाे फिचर सहित)
Next post सँस्कृति संरक्षणमा सक्रीय बन्दै धिमाल जाति (फाेटाे फिचर सहित)