संघीयता आएको ५ बर्षमा पनि सिंह दरबार पुग्न नसकेको झापाको गाऊँमा अझै विजाेग (फाेटाे फिचर सहित)

१४ बैशाख २०७९/डिकेश लामा

घरघरमा सिंहदरबार भन्दै संघीयता कार्यन्वयनमा ल्याएको ५ बर्ष वित्न लाग्दा पनि झापाका केही गाऊँमा अहिलेसम्म सिंह दरबार पुग्न सकेको छैन । अघिल्लो निर्वाचनको वेला बाटो विजुली र खानेपानी दिन्छौं भन्ने नेताहरुले विकास गर्नुको सट्टा नाकमुख समेत नदेखाएको झापाको झापा गाउँपालिका वडा नं. १ की सजरु मियानिनले बताउनु भयो । मियानिनका अनुसार ५ बर्ष अघि घर बनाइ दिने, पानी दिने भनेर भोट माग्न आएका जनप्रतिनिधिले ५ बर्ष भईसक्दा पनि उनीहरुसँग गरेको बाचा पुरा गर्न नसकेको बताउनु भयो । खुल्ला दिशामुक्त गाउँ घाेषणा पनि नारामा मात्र सिमित बनेकाे छ । शाैचालय बनाउन दिएकाे सामान पैसाकाे अभावमा त्यतिकै अलपत्र परेका छन् ।

झापाको झापा गाऊँपालिका वडा नं. १ सिमावर्ती क्षेत्रका केही गाऊँमा अझै धेरै विपन्नहरुहरु सुरक्षित आवासबाट बन्चित रहेका छन् । अघिल्लो निर्वाचनमा भोट माग्दा घर बनाइ दिने देखि घरसम्म पुग्ने बाटो र खानेपानी समेत दिने आश्वासन दिएका नेताहरुले विकास गर्नु त परै जावोस भोट माग्न आएका दिन देखि गाऊँमा पाइला समेत नटेकेको सिमावर्ती क्षेत्रका बासिन्दाले गुनासो पोखेका छन् । केही स्थानमा बाटो पुर्याए पनि जनताको घर बनाइ दिने गरेका आश्वसन भने आश्वसनमै सिमित बनेको छ । २ सय ४० परिवार मुश्लिम समूदायको बसोबास रहेको रसुनगंज क्षेत्रमा घर बनाइदिन्छु भन्ने आशा देखाएको भए पनि अझै पनि घर पाउन नसकेको स्थानीय अगुवाले जालिम मियाँले बताउनु भयो । मियाँका अनुसार सडक निर्माण देखि भएका विकासका काममा पनि आँखामा छारो हाल्ने प्रयास मात्र गरेको बताउनु भयो । तर यता झापा गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार यादवका अनुसार ५ बर्ष अवधिमा धेरै काम गरेको र विपन्न आवास पनि आफ्नो क्षेत्रमा धेरै संख्यामा निर्माण गरेको बताउनु भयो ।

केही समय अगाडि आएको हावाहुरीले सो क्षेत्रका धेरैको घरको छानो उडाएको छ । आर्थिक समस्याका कारण घर बनाउन नसक्दा खुल्ला आकाश मुनीको बास भएकोले समस्या भएको हस्मिरा खातुनले बताउनु भयो । झापामा तराई मधेस समृद्धि, जनता आवास र फुसको छाना हटाउने अभियान लगायतका कार्याक्रमहरु संचालन भएको ४ बर्ष भएको छ । तर बोल्ने र विकास माग्न नसक्ने आदिवासी तथा सिमान्तकृत समूदायका धेरै विपन्नहरु भने अझै पनि सुरक्षित आवासमा बस्न नपाएको उनीहरुले गुनासो पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ११ संक्रमित, १७ निको
Next post नेपालमा आज १५ संक्रमित, १८ निको