नेपालमा आज ११ संक्रमित, १७ निको

१४ वैशाख २०७९,काठमाडौं–  नेपालमा पगत २४ घण्टामा ११ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार  ८ सय ९१ जनामा गरिएको नमूना परीक्षणमा ११  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १७  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ५२ जनामा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ओलीको गृह नगर दमकको प्रमुख पदमा १७ जनाको उम्मेद्वारी (फाेटाे फिचर सहित)
Next post संघीयता आएको ५ बर्षमा पनि सिंह दरबार पुग्न नसकेको झापाको गाऊँमा अझै विजाेग (फाेटाे फिचर सहित)