झापामा १२१ स्वतन्त्र उम्मेद्वारलाइ एक दर्जन चुनाव चिन्ह (हेर्नुहाेस् विवरण तालिका सहित)

१७ वैशाख २०७९, सारासन्देश समाचार– झापामा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेको चुनाव चिन्हहरु निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको छ ।  मुख्य निर्वाचन अधिकृत कार्यालय भद्रपुर झापाले आज स्वतन्त्र उम्मेदवारको नाम, पद वडा नम्बर सहितको चुनाब चिन्ह सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यालय झापाले १ सय २१ वटा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेका चुनाव चिन्हरु सार्वजनिक गरेको हो । भद्रपुर, बिर्तामोड, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, अर्जुनधारा, गौरादह नगर र झापा, हल्दीबारी, कचनाकवल, कमल, बुद्धशान्ति, गौरीगञ्ज, बाह्दशी गाउँपालिकाका स्वतन्त्र पदका उम्मेद्वारको चुनाव चिन्ह सार्वजनिक गरेको छ ।  निर्वाचन कार्यालय झापाले १५ वटै पालिकाको स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह खरायाे, जेव्रा, भुइकटर, गुलाफकाे फूल, पुलली, मूढा, खानेपालीकाे धारा, व्याटमिन्टन कर्क, लाैराे, हाँस, अाँप लगायतका एकल र दाेहाेरा चिन्ह सार्वजनिक गरेको छ ।

चिन्ह सहितकाे विवरण हेर्न तलकाे लिंक थिच्नुहाेस् ।

स्वतन्त्र चुनाब चिन्ह विवरण तालिका हेर्न यहाँ थिच्नुहाेस् 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा रोकिएन मुख्य दलहरुबाटै आचारसंहिता उल्लघंन (फाेटाे फिचर सहित)
Next post चुनावी चटाराेकाे मौका छोपेर झापामा चुरे क्षेत्रमै खोला तथा नदि दोहन तीव्र (फाेटाे फिचर सहित)