१९ वैशाख २०७९,काठमाडौं– नेपालमा अब २ सय ११ जनामा मात्र काेराेना भाइरस संक्रमितकाे संख्या रहेकाे छ । पछिल्लाे २४ घण्टामा ९ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ५५ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा मात्र संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक महिना यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ११ जनामा झरेको छ ।
