खुल्ला दिशा मुक्त नारामा मात्रैः झापा गाऊँपालिका सीमावर्ती क्षेत्रका केही गाऊँमा अझै शौचालय छैन (फाेटाे फिचर सहित)

१९ बैशाख २०७९/डिकेश लामा

झापाका १५ वटै पालिका खुल्ला दिशा मुक्त घोषणा भएको ४ बर्ष भईसकेको छ । तर अर्को निर्वाचन आइसक्दा समेत कतिपय विपन्न बस्तीमा शौचालय निर्माण हुन नसक्दा पालिकाले गरेका घोषणा नारामा मात्र सिमित बन्न पुगेको स्थानीय बासिन्दाले बताएका छन् । झापाको झापा गाऊँपालिका वडा नं. १ सिमावर्ती क्षेत्रका केही गाऊँका धेरै विपन्नको घरमा शौचालयको व्यवस्था छैन । शौचालय नभएकै कारण बस्तीका धेरै मानिसले बाहिरै सोच गर्नु पर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

देशले जनप्रतिनिधि पाए पछि विकासको होडबाजीमा समृद्ध समाज देखाउन गरिएका घोषणाहरु व्यवहारिकरुपमा कार्यान्वयन हुन सकेको छैन । २०७५ सालको अशोज २ गते खुल्ला दिशा मुक्त घोषणा गरेको झापा गाउँपालिकाको सिमावर्ती क्षेत्रका केही बस्तीमा शौचालय नभएको बस्तीका अगुवा जालिम मियाँले बताउनु भयो ।

जिल्लामा केही पालिकाले बालबालिका तथा अपाङ्ग मैत्री पालिका समेत घोषणा गर्न थालेका छन् । तर यी घोषणाहरु होडबाजीमा नारामा मात्र सिमित हुने अवस्थामा रहेका छन् । पालिकालाई समृद्ध बनाउन विपन्न र पिछाडिएका समूदायको आर्थिक तथा सामाजिक चेतनाको विकास गर्न सक्ने उम्मेद्वारको आवश्यता परेको उनीहरुले बताएका छन् । अघिल्लो निर्वाचनमा भोट माग्दा शौचालय देखि घर बनाइ दिने आश्वासन पाएका कतिपय बस्तीमा अझै पनि समस्याको चाङ्ग लागेको छ । चुनावको वेला आश्वासन मात्र बाँढ्ने नेतृत्वलाई अव भने बहिस्कार गर्दै जाने स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post देशभर अब २११ मात्र संक्रमित आज ९ जना थपिए
Next post विश्व प्रेस स्वतन्त्रता दिवशः प्रेस स्वतन्त्रता व्यवहारमा हुनु पर्नेमा जोड (फाेटाे फिचर सहित)