झापामा राेकिएन निर्वाचन आचार संहिता उल्लंघन, सराेकारवाला निकाय रमिते मात्रै

२१ बैशाख २०७९/डिकेश लामा

झापामा निर्वाचन आचार संहिता उल्लंघन भए पनि सराेकारवाला निकायले राेकथाम गर्न सकेकाे छैन ।  मुख्य राजनैतिक दलहरुले नै चुनाव प्रचार प्रसार गर्न गाउँ देखि बजारका चोकमा झण्डा सहितको र्याली र जुलुस मात्र नभएर ठूलाे साउण्ड सेटकाे प्रयाेग गर्दा समेत अनुगमन समिति लगायत सराेकारवाला निकाय माैन बसेकाे मतदाताले गुनासाे पाेख्न थालेका छन् । हुलका हुल माइक र साउण्डसेट थर्काएर हिड्ने राजनैतिक जथ्थाले अाचार संहिता पालना विल्कुनै पालन नगरेकाे स्थानीयले गुनासाे पाेख्न थालेका छन् ।  झापामा निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका मुख्य राजनैतिक दलहरुले नै आचारसंहिता विपरित निर्वाचनका गतिविधिलाई थप तिव्रता दिन थालेका छन् । निर्वाचन आचार संहिता विपरितको गतिविधिहरु बढ्न थालेको गुनासो आउन थाले पछि कडाई गर्न सुरक्षाकर्मी नै परिचालन गर्ने योजना बनाइएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । तर यता शहर देखि गाऊँसम्म ठूलो आवाजमा माइक लगाएर झण्डा लगाएर ठूलो संख्यामा सवारी साधान सहित चुनावी प्रसार गर्ने कार्य भने रोकिएको छैन ।

निर्वाचन आचार संहिता २०७८ को परिच्छेद ४ मा स्थानीय प्रसाशनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, वैठक तथा भेला गर्न नहुने र गर्नु परे कम्तिमा ७२ घण्टा अगावै प्रशासन तथा प्रहरीलाई जानकारी दिएको हुनु पर्नेछ । तर अधिकांश राजनैतिक दलले आचारसंहिताको उल्लंघन गरेकाे भए पनि उचित अनुगमन हुन सकेकाे छैन ।  संहिता उल्लघंनको गुनासो र उजुरीहरु आउन थालेकोले त्यस प्रति आफूहरु सक्रीय भएर लागेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयाे । यस पटकको निर्वाचनमा आचार संहिताले झण्डा तथा चुनाव चिन्ह अंकित कुनै पनि सामाग्री र त्यस्ता चुनावी गतिविधिलाई सामाजिक संजाल मार्फत प्रचारप्रसारमा समेत रोक गरिएको निर्वाचन आयोगले जनाएको छ । तर पछिल्लाे समय सामाजिक संजाल मार्फत व्यापक प्रचार प्रसार भइरहेकाे पाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १९ संक्रमित, १८ जना निकाेः १ जनाकाे मृत्यु
Next post सुकुम्बासी भन्छन् : धनीपूर्जालाई कहिलेसम्म चुनावी नारा बनाउने ?