नेपालमा आज १९ संक्रमित, १८ जना निकाेः १ जनाकाे मृत्यु

२१ वैशाख २०७९,काठमाडौं–  नेपालमा  पछिल्लाे २४ घण्टामा १९ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार  ८ सय २१ जनामा गरिएको नमूना परीक्षणमा १९ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १८  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ जनाकाे ज्यान गएकाे छ ।  हालसम्म नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ५२ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २९ जनामा संक्रमण
Next post झापामा राेकिएन निर्वाचन आचार संहिता उल्लंघन, सराेकारवाला निकाय रमिते मात्रै