२१ वैशाख २०७९,काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टामा १९ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय २१ जनामा गरिएको नमूना परीक्षणमा १९ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ जनाकाे ज्यान गएकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ५२ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय १७ जना रहेकाे छ ।
