२२ बैशाख २०७९/ काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमण देखिएको छ । ३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१७ छ।
