दमकमा एमाले घेराबन्दीमाः अध्यक्ष ओली

२७ बैशाख २०७९/सारासन्देश समाचार
पूर्व प्रधानमन्त्री नेकपा एमालेको अध्यक्ष केपी ओलीले गृह दमक नगरमा एमालेलाई हराउँन ६ दलीय गठबन्धनले घेराबन्दीमा पारेको बताउनु भएको छ । अध्यक्ष ओलीले दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देशभर ५ दलीय गठबन्धन भएकोमा दमकमा भने ६ दलीय गठबन्धन बनाएर एमालेलाई घेरा बन्दीमा पारे पनि विजय भएरै छाड्ने बताउनु भयो ।
उहाँले आफ्नो पहलमा निर्माधीन दमकको १८ तले भ्यू टावरले देशको समृद्धि ल्याउने दावी गर्नु भयो । काँग्रेशले भ्यूटावरको विरोध गर्दै आएको मात्र नभई आफू विकास गर्न नसक्ने र गरिएको विकासको विरोध मात्र गर्ने काँग्रेशको विशेषता भएको दावी गर्नु भयो । उहाँले भ्यूटावरमा माओवादी केन्द्रले दमकमा ल्याएको भ्यूटावरलाई अस्पताललाई बनाउने प्रस्तावलाई जनमत संवेगलाई बटुल्न अस्पताल समेत संचालन गर्न सकिने बताउनु भयो ।
ओलीले आजै आफूले निर्वाचन जितेको झापाको निर्वाचन क्षेत्र नम्बर ५ को गौरीगंज, कमल, दमक र गौरादह नगरपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्न भ्याउनु भएको छ । उहाँले अधिकांश समय नेपाली काँग्रेश र गठबन्धनको विरोधमा भाषण गर्नु भएको छ ।


आफूले प्रधानमन्त्रीको पद अदालतको सेटिङ्गमा छाड्नु परेको आरोप समेत लगाउनु भएको छ । चर्को घाम र गर्मीका बीच पनि शक्ति प्रदर्शनका लागि आमसभामा अन्तरजिल्लाका पार्टीका कार्यकर्ताहरु समेतको उपस्थिति गराएर कार्याक्रम संचालन गरिएको छ । झापामा मात्र नभएर देशमै चासोका साथ हेरिएको केपी ओलीको निर्वाचन क्षेत्र र नगरमा आज अन्य दल र गठबन्धनको समेत चुनावीसभा भएका छन् ।
राष्ट्रिय चासोको रुपमा हेरिएको दमक नगर पालिकामा जिल्लामा सवै भन्दा धेरै प्रमुख पदमा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । तर मुख्य प्रतिस्पर्धा नेकपा एमालेको केन्द्रिय सदस्य यस अघि उपप्रमुख भईसक्नु भएकी गीता अधिकारी र राप्रपा नेपालका प्रदेश अध्यक्ष राम थापाबीच प्रतिस्पर्धा हुने देखिएको स्थानीय राजनैतिक अगुवाहरुले बताएका छन । थापा काँग्रेश, माओवादी केन्द्र र राप्रपा नेपालको गठबन्धनबाट उम्मेद्वार बन्नु भएको हो । कार्याक्रममा प्रमुख र उपप्रमुखका उम्मेद्वारले दमकमा एमालेले गरेको विकास हेरेर मतदान गर्न आव्हान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मतदानका लागि स्वदेश फर्कदंै नेपालीहरुः उनीहरु भन्छन् स्वदेशमै रोजगारको अवसर दिने जनप्रतिनिधिले जित्नु पर्छ
Next post आफ्नै नगरबासीमा ओलीको विश्वास र भरोषा टुटिसक्योः शर्मा (फाेटाे फिचर सहित)