कचनकवलमा राप्रपाकाे क्षेत्रमा काँग्रेशकाे विजयी शुरूवात

१ जेठ २०७९ डिकेश लामा,झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र कचनकवल १ मा नेपाली कांग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी बनेको छ । यस अघि राप्रपाले विजय हासिल गरेकाे याे क्षेत्रमा यस पटक नेपालमै कुनै पनि पालिकामा नभएकाे एमाले र काँग्रेशले तालमेल गरेका छ । यो गाउँपालिका राप्रपाको गढ मानिन्छ । यस पटककाे चुनावबाट महावीर लिम्बू वडाध्यक्षमा निर्वाचित भएका छन्। उहाँले १ हजार ४ सय ४२ मत प्राप्त गर्नु भएकाे छ । निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी नारायण यादवले १ हजार १ सय १० मत प्राप्त गरेका छ्न् । वडा सदस्यमा अन्तप्रसाद राजवंशी र उग्रनारायणा सिंह राजवंशी निर्वाचित भएका छन् । महिला सदस्यमा सञ्जावती राजवंशी र दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित भएका छन् । यस्तै यता गाैरीगंज गाउँपालिकामा पनि यस अघि राप्रपाले विजय हासिल गरेकाे थियाे । तर यस पटक पुनउम्मेद्वारी दिएका पूर्व पालिका अध्यक्ष बाबुराजा श्रेष्ठ तेस्राे स्थानमा मात्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा कांग्रेस र एमालेकाे प्यानल विजयी शुरूवात
Next post हल्दिबारीमा राप्रपाकाे विजय शुरूवात