१ जेठ २०७९, झापा–झापामा पहिलाे यस बर्षकाे स्थानीय तहकाे निर्वाचनमा पटक राप्रपाले हल्दीबारी गाउँपालिका १ झापाबाट खाता खोलेको छ । हल्दीबारी १ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेकाे हाे ।
निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै राप्रपाका देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले सापकोटालाई ३६८ मतान्तरले हराएका हुन् ।
थापाले १९६८ र सापकोटाले १६०० मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा शिवाकोटी र रुपा देवी रसाइली निर्वाचित भएका छन्।
गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
