बाह्रदशीकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

४ जेष्ठ २०७९/सारासन्देश समाचार
झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ । आज विहान सम्पन्न मतगणनाबाट आएको परिणामले एमालेका उम्मेदवार देविन्द्रप्रसाद चौंलागाईंले ७ हजार १ सय ४८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी काँग्रेशका उम्मेद्वार तथा पूर्व अध्यक्ष खड्गप्रसाद राजबंशीले ४ हजार ३ सय ६१ मत ल्याउनु भएको छ ।
यस्तै उपाध्यक्षमा शान्तादेवी शिवाकोटीले ६ हजार ६ सय ३६ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी राप्रपाकी कमला राजबंशीले ४ हजार १ सय ९५ मत ल्याउनु भएको छ ।
१९ हजार हाराहारीमा मत खसेको सो गाउँपालिकामा वडा नं. १, २, ३ र ७ मा काँग्रेश, वडा नं. ४ मा स्वतन्त्र र वडा नं. ६ मा एमाललेले वडाध्यक्ष सहित अधिक प्यानल नै विजय हासिल गरेको पालिकाको निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कन्काईकाे प्रमुखमा एमाले विजयी
Next post हल्दिबारीकाे अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी