अर्जुनधारामा एमाले विजयी

७ जेष्ठ २०७९/सारासन्देश समाचार
झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले विजय प्राप्त गरेको छ । नगरपालिकाको प्रमुखमा बलदेवसिंह गोम्देन तामाङ विजयी बनेका छन् । उहाँले १९ हजार १ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी रंजिता कार्कीले १३ हजार ७ सय ४३ मत प्राप्त गर्नु भएको छ । तामाङ अर्जुनधारा नगरपालिका वडा नं १० का निवर्तमान वडाअध्यक्ष हुनु हुन्छ ।
यसैगरी उपमेयरमा एमालेकी खड्गमा पराजुलीले १७ हजार ६ सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको तर्फबाट बन्नु भएका उपप्रमुख पदका उम्मेद्वार जितेश योञ्जनले भने ९ हजार ७१ मत मात्र ल्याउनु भएको छ ।
यसैगरी अर्जुनधारा नगरपालिकाको वडा नं. ७, ८, १० र ११ वडामा एमालेका तर्फबाट वडा अध्यक्षमा विजयी भएका छन् भने बाँकी ७ वटा वडाको अध्यक्षमा काँग्रेशले विजय प्राप्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा हालसम्म ९ पालिकाको परिणाम घोषणा (मत विवरण /फाेटाे फिचर सहित)
Next post गौरादहको स्थगित मत गणना भोलि देखि शुरु हुनेः झापामा अव ५ पालिकाे मत परिणाम अाउन बाँकी