गौरादहको स्थगित मत गणना भोलि देखि शुरु हुनेः झापामा अव ५ पालिकाे मत परिणाम अाउन बाँकी

७ जेष्ठ २०७९/सारासन्देश
झापामा गौरादह नगरपालिकामा ७२ घण्टा देखि मतगणना स्थगित भएको मत गणना भोलि देखि शुरु हुने भएको छ । गौरादह नगरपालिका वडा नं. ७ को मतगणना घोषणा गर्दा एक मतको अन्तरमा एमालले जिते पछि काँग्रेसले पुर्नगणनाको माग राखे पछि बढेको विवादले मत गणना स्थगित बनेको थियो । तर दुई पटकको जिल्ला स्तरको वैठक बसी भोलि आइबार विहान ८ बजे देखि गणना गर्ने कार्य थालिने योजना बनाइएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनु भयो ।
गौरादह नगर पालिका वडा नं. ७ मा एमालेका उम्मेदवार बलराम खरेलले १ हजार २० र निकटम् प्रतिद्वन्द्वी काँग्रेसका दिलनाथ कटुवालले १ हजार १९ मत प्राप्त गरेका छन् ।
एक मात्र भएको अन्तरमा पुर्नगणना गर्न माग गर्दा सही सुनवाई नभएको भन्दै राजनैतिक कार्याकर्ताले गौरादह नगरपालिकामा विरोध समेत गर्दै आएका छन् । तर भोलि देखि बाँकी वडाका मत गन्ने कार्य थालिने भएकाले अव २ दिन पछि झापाको सवै भन्दा ढिलो मत गणना भइरहेको मेचीनगर नगरपालिकाको समेत सकेर प्रमाणपत्र हस्तान्तरण गर्ने योजना बनाइएका प्रमुख नेपालले बताउनु भयो । हालमा आजसम्म १० वटा पालिका मत परिणाम सार्वजनिक भइसकेको छ । अव मेचीनगर, कमल, गौरीगंज, शिवसताक्षी र गौरादहको मत परिणाम सार्वजनिक गर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अर्जुनधारामा एमाले विजयी
Next post कमलका निवर्तमान उपाध्यक्ष शिवाकाेटी वडा सदस्यमा पराजित