शसस्त्रका पूर्व डीआईजी कोइरालालाई २० बर्ष कैदकाे फैसला
१२ जेष्ठ २०७९,काठमाडौं– सर्वोच्च अदालतले श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्ट्याउँदै २० वर्ष नै जेल सजाय ताेकेकाे छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चको पूर्ण इजलासले उल्टाएको छ । यस अघि प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो । त्यसबारे सर्वाेच्चमा पुन मुद्दा परेकाे थियाे । फलस्वरूप बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयपूर्व डीआईजी रञ्जन कोइरालाकोउल्टाएर २० वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । कोइरालाले अब कैद भुक्तानका लागि थप ११ वर्ष जेल बस्नु पर्नेछ । डीआईजी कोइरालाले ९ वर्ष अघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए ।