गौरादहमा जनप्रतिनिधिको स्वागत तथा विदाइ (फाेटाे फिचर सहित)

विपन्न सुत्केरी हुने महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा

१२ जेष्ठ २०७९/बालदिवश तामाङ

झापाको गौरादह नगरपालिकाले आज एक कार्याक्रमबीच जनप्रतिनिधिलाई स्वागत तथा विदाइ गर्ने कार्यक्रम गरेको छ ।

नव निर्वाचितलाई स्वागत तथा सफथ ग्रहण गरिएको छ भने निवर्तमान जनप्रतिनिधिलाई कदरपत्र प्रदान गरेर विदाइ गरिएको छ । गौरादह नगर पालिकाका नवनिर्वाचित प्रमुख छत्रपति सुवेदीले उपप्रमुख सहित ४६ जना प्रतिनिधीलाई सपथ ग्रहण गराउनु भएको छ । कार्यक्रममा निवर्तमान प्रमुख रोहितकुमार शाह, उपप्रमुख गीता भेटवाल सहित अन्य कार्यापालिका सदस्यलाई कदरपत्रले सम्मान गर्दै विदाई समेत गरिएको छ । कार्याक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले नव निर्वाचितलाई खादा र माला लगाएर स्वागत गर्नु भएको छ । यस्तै कार्याक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिले नवनिर्वाचित प्रतिनिधिको सफल कार्यकाल र राजनैतिक विभेद रहित विकास गर्न शुभकाना समेत दिएका छन् । संविधानसभा सदस्य दिपक कार्कीको प्रमुख आथित्यमा भएको कार्याक्रममा पूर्व जनप्रतिनिधिले समेत आफूहरुले थालेका अधुरा कामलाई पूर्णता दिन आग्रह गरेका छन् ।

नगरमा आजै पदभार ग्रहण र पहिलो कार्यापालिका वैठक समेत बसेको छ । नगर प्रमुखले पदभार ग्रहण गर्दै नगरभित्र विपन्न सुत्केरी हुने महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय समेत भएको नगरपालिकाका प्रशासकीय अधिकृत भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार नगर अस्पताल समेत चाँडो निर्माण गरी स्वास्थ्य बीमाका कार्यक्रम नगरमै संचालन गर्ने निर्णय भएको बताउनु भएको छ । कार्याक्रममा आजै जनप्रतिनिधिले नगरपालिकाको परिसरमा बृक्षरोपण कार्याक्रम समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शसस्त्रका पूर्व डीआईजी कोइरालालाई २० बर्ष कैदकाे फैसला
Next post धान गोड्ने हाँस खेताला प्रविधिबाट धान उत्पादनमा बृद्धि (फाेटाे फिचर सहित)