२२ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण १३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ६ सय ३४ जनामा कोरोना परीक्षण गर्दा १३ जनामा मात्र सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय १० रहेको छ । विगत २४ घण्टामा ९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या ९ लाख ६७ हजार १ सय ३७ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
