२३ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार २ सय ४८ जनामा कोरोना परीक्षण गर्दा २१ जनामा मात्र सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९ रहेको छ । विगत २४ घण्टामा ८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
