नदि नियन्त्रणमा बजेट रोकिँदा जोखिम बढ्दै (फाेटाे फिचर सहित)

२३ जेष्ठ २०७९/डिकेश लामा

अर्थ मन्त्रालयलले स्रोत सुनिश्चित गरेको भनिएको बजेट नपाउँदा झापामा ७ वटा नदिमा बाँध निर्माणको काम प्रभावित बनेका छन् । जोखिम क्षेत्रको तटबन्धन निर्माण गरिएका र गर्न बाँकी कामको बजेट रोकिँदा समस्या भएको हो । झापाको मुख्य ७ वटा ठूलो नदि तथा खोलामा बजेट अभावले नदि नियन्त्रणको काम प्रभावित बनेको छ । संघीय सरकारको माताहातमा संचालित जनताको तटबन्ध कार्याक्रमले गर्दै आएको कामको बजेट रोकिँदा समस्या भएको कार्याक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार कार्यक्रमका महानिर्देशक शुशिल चन्द्र आचार्य, उपमहानिर्देशक कृष्ण प्रसाद नेपाल र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको बाबुराम भट्टराईले गएको साता भ्रमण गरी काम भएको झण्डै १७ करोड रकम उपलव्ध गराउने र बाँकी रहेका कामलाई पनि सक्न निर्देशन दिनु भएको बताउनु भयो । यस अघि काम गर्नु भनेर बजेट निकाशा गर्ने भनेर थालिएको झण्डै ३० करोड बजेटको काम रकम निकासा नहुँदा प्रभावित बनेको बताउनु भयो ।

गत बर्ष झापाको झापा गाउँपालिका कन्काइ नदिको बाढीबाट धेरै जोखिममा पर्यो । सयौं घर परिवार विस्थापित बनेको क्षेत्रमा यस बर्ष केही तटबन्धको काम भएका छन् । तर बन्दै गरेको काम अधुरो रहँदा खतरा टर्न नसकेको स्थानीयले बाढी प्रभावित क्षेत्र गौरीगंज १ टप्पु बस्तीका बुद्ध हेमरमले बताउनु भयो । हेमरमका अनुसार गत बर्ष वेमौषमी बाढीका कारण विस्थापित बनेका बस्ती पुरै बाँध निर्माण नगरे जोखिममै रहको बताउनु भयो । टप्पु बस्ती देविगाडा क्षेत्रमा हाल बाँध निर्माण हुँदै आएको छ । तर पुरा निर्माण गर्न बजेट नहुँदा समस्या भएको जनताको तटबन्ध कार्याक्रमले जानकारी दिएको छ ।

झापाको कन्काई, रतुवा र मावा खोलाको दर्जन बढी क्षेत्रमा गएको बर्ष आएको वेमौषमी बाढीले ठूलो क्षति गरेको छ । तर कतिपय क्षेत्रमा अझै उचित व्यवस्थापन हुन नसक्दा बाढीको जोखिम यस बर्ष थप हुन सक्ने स्थानीय बासिन्दाले बताएका छन् । यस बर्षको बर्षा शुरु भइसकेको छ । खोलामा पानीको मात्रा बढ्न थालेको छ । तर सरकारले समयमा बजेट नदिँदा नदि नियन्त्रणको काम रोकिँदा बस्ती बग्ने जोखिम बढेको बाढी प्रभावित क्षेत्रका बासिन्दाले चिन्ता पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २१ जना संक्रमित थपिए
Next post Pin Up casino Пин Ап казино Официальный сайт Вход, Регистрация, бонус, фриспины, приложение, мобильная версия сайта Блог