प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश एकले जित्यो

१९ पाैष २०७७, दाङ/ प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । दाङको लमहीमा आज आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो । प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो ।
एपीएफका लागि ममता चौधरीले ३४ र करुणा भण्डारीले २६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । प्रदेश १ का लागि रुवीना क्षेत्री र एलिसा खडियाले दुईरदुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४, काजल श्रेष्ठले २९ र रुवीना क्षेत्रीले १८ रन बनाए । उपाधिसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको एपीएफले तीन लाख र सेमिफाइलनमा पराजित भएका लुम्बिनी र सुदूरपश्चिमले २५र२५ हजार रुपैयाँ पाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६३७ डिस्चार्ज, ४२१ संक्रमित
Next post काेराेनाबीच पनि २ लाख ३० हजार पर्यटक नेपाल भित्रिए