पाँचथरमा पहिराले घर बगाउँदा १ जनाकाे मृत्यु २ वेपता

१८ असार २०७९,पाँचथर- अविरल वर्षासँगै पहिरो गएर शुक्रबार राति पाँचथरमा एक घर सहित एककाे मृत्यु र २ जना बेपत्ता भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा रहेका छन् ।

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । ४२ वर्षिय रुपलाल मगर पुरिएकाे अवस्था मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो ।

उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । तर, बिहानसम्म बेपत्ता फेला नपरेको प्रनाउ थापाले जानकारी दिनुभयो । वेपताकाे खाेजी कार्य जारी राखेकाे प्रहरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भूटानी नेता डा. राई प्रति उच्च सम्मान सहित शोक प्रस्ताव पारित
Next post हेमपाइपमा बाेरा भित्र भेटिएकाे लाश भारतीयकाे भएकाे खुलासाः श्रीमती माथि दुर्व्यहार गरे पछि पैसा दिएर हत्या