हेमपाइपमा बाेरा भित्र भेटिएकाे लाश भारतीयकाे भएकाे खुलासाः श्रीमती माथि दुर्व्यहार गरे पछि पैसा दिएर हत्या

१९ जेष्ठ २०७९, सारासन्देश समाचार– अर्जुनधारा –४ मा गत हप्ता बोराभित्र भेटिएको शव भारतीय नागरिकको भएको खुलेको छ । सो शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइ भएको झापा प्रहरीले जनाएको छ । श्रीमतीमाथि दुर्व्यवहार गरेको निहुँमा हत्या भएको खुलेको छ । श्रीमानको अगाडि श्रीमतीलाई दुर्व्यवहार गरेपछि भारतीय नागरिक ४० वर्षीय बाबु भाइको योजना बनाएर हत्या भएको खुलेको हो ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा ७ डाँडाँगाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा, उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार रहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न अर्का एक व्यक्ति अझै फरार छन्। फरार व्यक्तिको प्रहरीले परिचय खुलाएको छैन। आरोपितलाई प्रहरीले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

भारत गुजरातका नरेशकुमारको शव १२ असार साँझ ६ बजे अर्जुनधारा–४ स्थित ह्युमपाइपभित्र बोरामा भेटिएको थियो। घटना शंकास्पद भएपछि प्रहरीको अनुसन्धानका क्रममा हत्या भएको खुलेको हो। जानुकालाई नरेशकुमारले दुर्व्यवहार गरेपछि उनका श्रीमान् वृखबहादुर र जानुकाले हत्याको योजना बनाएका थिए। हत्या गरेबापत परियार र पहिचान नखुलाइएका एक व्यक्तिलाई पाँच लाखको ‘सुपारी’ दिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनु भयाे ।

सुपारी लिएपछि  गत असार ९ गते उनको हत्या भएको प्रहरीले जनाएको छ । राति जानुका र वृखकै घरमा हत्या गरेर बोरामा पोको पारेर बाइकमा राखी ह्युमपाइपभित्र फ्याँकेको भेटिएको प्रहरीले जनाएको छ। मृतक नरेशकुमार र जानुकाबीच तीन वर्ष लामो चिनजान रहेको प्रहरीले जनाएको छ । ०७६ मंसिरमा कामका लागि दिल्ली गएकी जानुका र उनीबीच भेटघाट र चिनजान रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। उनले जानुकालाई पानीट्यांकीसम्म पुर्याउन आएको प्रहरीले जनाएको छ। त्यसयता पनि उनीहरूबीच निरन्तर सम्पर्क रहेको प्रहरीले जनाएको छ। ०७६ चैतमा नरेशकुमारले जानुकाका छोराछोरीलाई खेलौना पठाएको पाइएको एसपी पोखरेलले जानकारी दिनु भयाे । मृतकले जानुकाको घर बनाउन भनेर पाँच लाख रुपैयाँ पनि लिएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पाँचथरमा पहिराले घर बगाउँदा १ जनाकाे मृत्यु २ वेपता
Next post नेपालमा फेरी बढ्न थाल्याे काेराेनाःसंक्रमित संख्या ३४८ पुग्याे