नेपालमा काेराेना जित्नेकाे संख्या विश्वमै धेरै ९७.३ प्रतिशत पुग्याे

२१ पाैष २०७७, काठमाडौं– नेपालमा दैनिक काेराेना भाइरसबाट निकाे हुनेकाे संख्या बढ्दै गए पछि विश्वकाे सरदर निकाे हुने संख्या भन्दा धेरै भएकाे छ । पछिल्लाे तथ्याङ्क अनुसार ९७ दशमलव ३ प्रतिशत निकाे भएका छन् । गत २४ घण्टामा ५ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५५ हजार ६ सय ६६ जना छन् । यसैगरी आज थप ५ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ५ सय ५१ जनाको गरिएको पीसीआर परीक्षणमा ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हुम्लामा हिँउ ह्वात्तै बढ्याे
Next post श्रीमतीकाे हत्या गर्ने राई पक्राउ