श्रीमतीकाे हत्या गर्ने राई पक्राउ

२१ पाैष २०७७, इलाम/ इलामको देउमाई नगरपालिका वडा नं ८ आमबोटेका ३३ बर्षीय सुवास राईलाइ प्रहरीले हत्याकाे अभियाेगमा पक्राउ गरेकाे छ । राईले धारिलो खुकुरी प्रहार गरी आफनै श्रीमतीको हत्या गरेका छन् । हत्या गरेको आरोपमा उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको प्रहरी चाैकी जितपुले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार आज बिहान साढे ५ बजे राईले सामान्य घरायसी बादबिबादको बिषयलाई श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोलीले घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना जित्नेकाे संख्या विश्वमै धेरै ९७.३ प्रतिशत पुग्याे
Next post आज ४९५ निकाे ४०९ संक्रमित