नेपालमा काेराेनाबाट निकाेकाे दरसँगै मृत्युदर पनि घट्याे

२३ पाैष २०७७, काठमाडौं– नेपालमा निको हुने दर ९७ दशमलव ४ प्रतिशत पुगेकाे छ । याे प्रतिशत दर विश्वकाे प्रतिशत भन्दा धेरै हाे । यस्तै १ महिना अघिसम्म दिनमा १५ देखि २५ सम्म दैनिक मृत्यु हुने गरेकाे भए पनि पछिल्लाे समय घटेकाे छ भने दैनिक २ हजार देखि ५ हजार नजिकसम्म संक्रमण हुने संख्या विगत केही दिन यता ५ सय हाराहारीमा झरेकाे छ । यता परिक्षण गर्नेकाे संख्या पनि निक्कै कम भएकाे छ । काेराेना संक्रमण केही घटेकाे भए पनि पछिल्लाे समय भिडभाड बढेकाेले संक्रमण बढ्न सक्ने खतरा भने रहेकाे स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । यसले गर्दा स्वास्थ्य मापदण्ड पालनामा भने हेल्च्याग्राँइ गर्न नहुने सरूवा राेग विशेषज्ञले बताउँदै आएका छन् ।

यस्तै नेपालमा गत २४ घण्टामा ४ सय ८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५६ हजार ६ सय ४४ जना छन् । यसैगरी आज थप ४ सय १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार १ सय ३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज ४९५ निकाे ४०९ संक्रमित
Next post बाक्लाे हुस्सुसँगै वायु प्रदुषण हुँदा स्वास्थ्यमा समस्याः घर भित्रै बस्न आग्रह