बाक्लाे हुस्सुसँगै वायु प्रदुषण हुँदा स्वास्थ्यमा समस्याः घर भित्रै बस्न आग्रह

२३ पाैष २०७७, विराटनगर– केही दिन यता देशका मुख्य शहरमा लागेकाे बाक्लाे हुस्सु र प्रदुषणका कारण मानव स्वास्थ्यमा समेत असर पार्न सक्ने खतरा बढेकाे स्वास्थ्य विज्ञले बताउँदै आएका छन् । तर यता काठमाडौं उपत्यकाको मौसममा सुधार आएको छ। केही दिनदेखि बाक्लो हुस्सु लागेर वायु प्रदूषण बढेको उपत्यकामा हिजो बिहानदेखि बादल हटेर घाम लागेको छ।

यस्तै यता विराटनगरमा भने वायु अझै प्रदुषित पाइएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विराटनगर महानगरपालिकाले र्सवसाधारणहरुलाई अपिल गरेको छ ।

वायु प्रदुषणका कारण जनस्वास्थ्यमा असर पर्ने भएकाले फोहोर जलाउने कार्य बन्द गर्न र फोहोरको उचित व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी मर्निङ वाक नजान वा घर बाहिर गरिदै आएको व्यायाम रोक्न आग्रह गरिएको छ ।

सामान्यतया हावामा प्रदुषणको मात्रा ५० सम्मलाई राम्रो मानिन्छ । बुधबार दिउँसो विराटनगरको वायु प्रदुषणको अवस्था एयर क्वालिटी इण्डेक्स १५७ पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । ४ दिन अघि विराटनगरको एयर क्वालिटी इण्डेक्स २१० सम्म पुगेको थियो । वायु प्रदुषणका कारण बालबालिका र वृद्धवृद्धा तथा श्वासप्रश्वास सम्बन्धि र मुटुका विरामीहरु बढी प्रभावित हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेनाबाट निकाेकाे दरसँगै मृत्युदर पनि घट्याे
Next post नेपालमा आज ५८५ निकाे ५५४ संक्रमित