८ साउन २०७९,काठमाडौं- नेपालमा पछिल्लाे समय काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ८ सय ८८ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ ।
सो अवधिमा ९५ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ७७ पुगेकाे छ । नेपालमा आज २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५६ पुगेकाे छ ।
