झापामा एउटै रूखमा झुण्डिएका ३ जना किशाेरीकाे आत्मा हत्या नभइ हत्या भएकाे आशंका
८ साउन २०७९,झापा- झापाकाे कचनकवल गाउँपािलिका वडा नं. ५ काे दले गाउँ बस्ने १७ बर्षीय किशाेरी शनिबार खाना खाएर धान राेप्न जाने भन्दै घरबाट निस्किन् । तर साँझसम्म घर नआए पछि खाेजी गर्दा छिमकी पुवालु गणेशकी छाेरी १७ बर्षीय अञ्जली र पंचम गणेशकाे छाेरी १६ बर्षीय करिना समेतसँगै निस्किएका रहेछन् । गाउँले मिलेर वेलुकासम्म खाेजी गर्दा कतै पफेला परेका उनीहरू आइतबार आज चिया बगानमा काम गर्ने स्थानीय रूखमा झुण्डिएकाे अवस्थामा देखे पछि गाउँमा हल्ला भयाे । एकै स्थानमा ३ जनाकाे झुण्डिएकाे देख्दा चकित मात्र भएनन् कि सिंगाे दले गाउँ शाेकमा परेकाे छ । घटना आत्मा हत्या नभइ हत्या भएकाे हुन सक्ने गाउँलेले आशंका गरेका छन् ।
दक्षिण पूर्वी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारी स्थित सुनकोसी चिया बगानको बयरकाे रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । प्रहरीका अनुसार कचनकवल–५ दले गाउँकी १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १७ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन । तर स्थानीय अगुवा जयकुमार गणेशका अनुसार याे आत्मा हत्या नभएर हत्या भएकाे दाबी गरेका छन् । उहाँका अनुसार प्रहरीले सत्य तथ्य बाहिर पक्कै ल्याउने छ । किनकी एकै स्थानमा ३ जनाले आत्मा हत्या गर्ने कुरा धेरै असंभव हुन सक्छ । उहाँका अनुसार अघिल्लाे दिन दिनभर खाेज्दा नभेटिएकाहरू भाेलि पल्ट झुण्डिएकाे फेला पर्दा शंका गर्ने ठाउँ प्रसस्त रहेकाे छ ।
सोही चिया बगानमा काम गर्दै आएका उनीहरू शनिबार दिउँसो देखि घरबाट सम्पर्कविहीन भएक थिए । घरमा धान राेप्न भनेर हिडेकी छाेरी घर नआउँदा वेलुका भरी खाेजी गरेकाे कल्पनाका बुवा विरबल गणेशले बताउनु भयाे । उहाँका अनुसार कसरी यस्ताे घटना भयाे । अचम्म लागेकाे छ । कसरी हुन सक्छ यस्ताे घटना गाउँलेहरूले समेत प्रश्न गरेका छन् । तर यता प्रहरी भने घटनास्थलमा प्रहरी खटाइएको र अनुसन्धान अगाडि बढाइएको झापा जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताउनु भयो । पाठकका अनुसार पाेष्टमार्टम रिर्पाेट आए पछि अनुसन्धानमा थप सहयाेग पुग्ने स्पष्ट पार्नु भयाे ।