नेपालमा आज ५६४ संक्रमित थपिए

११ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा २ सय २ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय २९ पुगेकाे छ । नेपालमा आज  काेराेना भाइरसका कारण १ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६० पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Mostbet-AZ91 Güzgü : İstənilən Yerdən Giriş Bonus 550+250F
Next post दमकको नगरसभा बल्ल सम्पन्नः बजेट तथा केही विशेष निर्णय पारित