११ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा २ सय २ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९ सय २९ पुगेकाे छ । नेपालमा आज काेराेना भाइरसका कारण १ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६० पुगेकाे छ ।
