१० साउन २०७९,काठमाडौं- नेपालमा आज काेराेना भाइरसका कारण २ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५९ पुगेकाे छ । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ ।
सो अवधिमा २ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ७ सय १४ पुगेकाे छ ।
