काठमाण्डाैकाे काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेलाः हत्या हाे कि अात्मा हत्या?
१६ साउन २०७९,काठमाडौं- काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना आज मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा श्रीमान-श्रीमती र दुई छोराछोरीको शव फेला परेको महानगरीय प्रहरी वृत बालाजुले जनाएको छ । मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३८ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेको काठमाडौंका प्रहरी प्रमुख भरत बोहराले जानकारी दिनु भयाे । उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए । कसरी मृत्यु भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्कुल जाने केटाकेटी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला परेका हुन् । उनीहरूकाे हत्या हाे कि ? भन्ने अांशका रहेकाे स्थानीयले बताएका छन् ।