१७ साउन २०७९,काठमाडौं- नेपालमा काेराेना संक्रमण बढेसँगै सक्रीय संक्रमितकाे संख्या ५ हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा थप ८ सय १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सँगै नेपालमा सक्रीय संक्रमितकाे संख्या ५ हजार १ सय १४४ पुगेकाे छ । आज ५ हजार ४ सय १५ जनाको नमूना परीक्षण गर्दा ८ सय १४ जनामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । नेपाल आज २ सय ९९ जना सङ्क्रमणमुक्त भएका छन् ।
