बर्षातसँगै झापाका धेरै बस्तीहरु उच्च जोखिममा (फाेटाे फिचर)

१७ साउन २०७९/डिकेश लामा

झापामा यस अघि बाढी पसेर विस्थापित भएको बस्तीमा पुन बाढी पस्न थालेको छ । केही दिन यता पर्न थालेको बर्षाले खोलामा आएको बाढी बस्ती तर्फ पस्न थालेकाले बस्तीका बासिन्दाहरु जोखिममा परेको गौरादह नगरपालिका वडा नं. ५ र ६ का बस्तीका बासिन्दाले बताएका छन् ।बाढी पसेर बस्ती ढुवान भएको क्षेत्रमा केही दिन अघि लगाएका बाँसको बाँधबाट भेल छिरे पछि गौरादह नगरपालिका वडा नं. ५ डुबुवाटोली यतिखेर उच्च जोखिममा परेको छ । विहान देखि नै बाढी पस्न थाले पछि अन्त जाने ठाउँ नहुँदा बस्तीका बासिन्दाहरु पानी पसेको घर भित्र उच्च जोखिममा बस्नु परेको स्थानीय सन्तलाल शर्माले बताउनु भयो ।

झापा र मोरङ्गको सिमानामा बग्ने रतुवा नदिले यस बर्ष झापामा धेरै क्षति गरेको छ । एउटै नदिले धेरै स्थानमा कटान गरेर बाढी बस्ती तिर पसेकाले बर्षातमा ज्यान जोगाउँनै समस्या भएको बाढी प्रभावित क्षेत्रका बासिन्दाले शन्तिरी ऋषिदेवले बताउनु भयो । ऋषिदेवका अनुसार बाढी घर भित्र छिरे पछि खाना पकाएर खाना खान समेत समस्या हुन थालेको छ ।

जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको संघीय आयोजना जनताको तटबन्ध कार्याक्रमले यस अघि ७ वटा ठूला नदि तथा खोलामा नदि नियन्त्रणको कार्य गर्दै आएको थियो । तर यस बर्ष ५ वटा खोलाको बजेट कटौती गरे पछि थप जोखिम बढेको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार कन्काई र विरीङ्ग नदि बाहेक अन्य रतुवा, मावा, कमल, मेची लगायतका खोलाको बजेट नै कटौती भएको छ । यसले गर्दा आगामी दिनमा जिल्लाका धेरै भाग बाढीको उच्च जोखिममा पर्ने खतरा बढेको बताउनु भयो ।

बाढी प्रभावित क्षेत्रमा केही दिन अघि निर्माण गरेको अस्थायी बाँसको बाँधको पूर्णरुपमा भर नुहने अवस्था रहेको छ । तसर्थ निरन्तर बर्षाका कारण बाढी आउन थालेकाले सरकारले वेलैमा सो क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्नु पर्ने बाढी पीडितहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना संक्रमण बढ्दैः सक्रीय संक्रमितकाे संख्या ५ हजार नाघ्याे
Next post नेपालमा निरन्तर बढ्दै काेरानाः आज ९१५ नयाँ संक्रमित थपिए